
अत्तरिया – २०८० सालको एसईई परिक्षाको नतिजा असार २१ गते प्रकाशित भईसकेको छ । एसईई पास भएका विद्यार्थीहरु यतिबेला कक्षा ११ अर्थात उच्चशिक्षा अध्ययनकालागी कुन विषय पढ्ने र कहाँ पढ्ने भन्ने एकिन गर्ने तरखरमा छन् । कक्षा ११ करियरको प्रवेश बिन्दु पनी भएकाले यतिबेला सोच विचार गरेर मात्रै विषय र विद्यालय छनोट गर्नु पर्दछ । विषय मात्रै नभई विद्यालय छनोटले पनी विद्यार्थी र अभिभावकसंग प्रत्यक्ष सरोकार राख्दछ । कति विद्यालयहरुले विषयगत रुपमा पनी आफ्नो पहिचान बनाएका हुन्छन् ।
कैलालीको अत्तरियामा २०६९ सालमा स्थापना भएकोे ‘सत्यवती एकेडेमीको’ यस क्षेत्रमा छुट्टै पहिचान छ । कक्षा १० सम्म मात्रै करिब १८ सय विद्यार्थीलाई अध्यापन गराँउदै आएको यो विद्यालयले प्लस टु विज्ञानमा पनी उत्कृष्ट नतिजा ल्याउने आँकलन गर्न सकिन्छ । कक्षा ११ मा विज्ञान विषयकालागी भर्ना प्रक्रिया सुरु गरीसकेको यो विद्यालय विज्ञान विषय पढ्न चाहने यस क्षेत्रका विद्यार्थीकालागी उत्कृष्ट रोजाई हुनसक्छ । पर्याप्त भौतिक पुर्वाधारकासाथै उत्कृष्ट व्यवस्थापन समेत भएको यो विद्यालयमा यस क्षेत्रकै दक्ष शिक्षकहरु छन् ।
भौतिक पुर्वाधारमा अब्बल
सत्यवती एकेडेमीमा आधुनीक कक्षाकोठा सहित आफ्नै सुविधा सम्पन्न भवन छन् । विद्यार्थीको पढाईलाई कतिपय अवस्थामा भौतिक पुर्वाधारले पनी ठुलो प्रभाव पार्ने गर्दछ । सोहि कुरालाई मध्यनजर गर्दै विद्यालयले सुविधा सम्पन्न भौतिक पुर्वाधार निर्माण गरेको छ ।


दक्ष एवम् योग्य जनशत्ति
शैक्षिक वातावरण र शिक्षक संस्थाको सबैभन्दा महत्वपुर्ण पक्ष हो । कुनै विद्यालयले शैक्षीक रुपमा उत्कृष्ट नतिजा प्रदान गर्नकालागी शैक्षीक जनशत्तिमा जोड दिनु पर्दछ । सत्यवती एकेडेमीले सधैँ दक्ष जनशत्तिमा जोड दिने गरेको छ । यहाँ पुर्णकालीन ८० जना शिक्षक रहेका छन् । उत्कृष्ट नतिजा प्रदान गर्नकालागी शिक्षकहरुले पनी निकै मिहेनत गर्ने गरेको विद्यालयका सँस्थापक विर बहादुर कडायत बताँउछन् । कैलाली बहुमुखी क्याम्पस तथा धनगढीका विभीन्न क्याम्पसहरुमा लामो समयदेखी अध्यापन गराँउदै आएका शिक्षकहरु यस विद्यालयमा रहेका छन् । विज्ञान संकाय अध्यापनकालागी प्रत्येक विषयका दुईदुई ओटा शिक्षकको व्यवस्था गरएिको छ । आकर्षक तलब र सेवा सुविधाका कारण सत्यवती एकेडेमी अनुभवि शिक्षकहरुको रोजाईको केन्द्र पनी बन्ने गरेको छ ।

अत्याधुनीक प्रयोगशाला
विद्यालयमा स्टील र्याक सहितको अत्याधुनीक प्रयोगशालाको सुविधा रहेको छ । विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई आवश्यकता अनुरुप प्रयोगशालामा लैजाने गरीन्छ ।

कक्षा ११ बाटै मेडिकल तथा ईन्जिनियरिङ्ग तयारी कक्षा सञ्चालन
विद्यालयले विज्ञान विषय पढ्ने विद्यार्थीकालागी कक्षा ११ बाटै मेडिकल तथा ईन्जिनियरिङ्ग तयारी कक्षा सञ्चालन गर्ने भएको छ । काठमाडौं लगायतका उत्कृष्ट कलेजहरुमा पढेका विद्यार्थीसंगको प्रतिष्पर्धामा पछी नपरुन भन्ने उदेश्यले कक्षा ११ बाटै मेडिकल तथा ईन्जिनियरिङ्ग तयारी कक्षा सञ्चालनको तयारी गरीएको कडायतले बताएका छन् ।

कक्षा कोठामा स्मार्ट बोर्ड
पछील्लो समय शिक्षा क्षेत्रमा मा भित्रीदै गएको प्रविधीलाई मध्यनजर गर्दै कक्षा कोठामा स्मार्ट बोर्डको व्यवस्था गरीएको छ । अहिलेको बदलीँदो युगसंगै नयाँनयाँ प्रविधी भित्रउन आवश्यक हुने कडायत बताँउछन् । पहिले पढाएका सामग्री त्यसैमा स्टोर हुने भएकोले पनी यो बोर्ड विद्यार्थीको लागी उपयुत्त छ ।

अत्याधुनीक कम्प्युटर ल्याब
पछील्लो समयमा कम्प्युटर मानव जीवनको अभिन्न अंग बनेको छ । विद्यालयले अत्याधुनीक कम्प्युटर ल्याबको व्यवस्था गरेको छ । ईन्टरनेट सहित एसी जडित उत्त कम्प्युटर ल्याबबाट विद्यार्थीले थप ज्ञान हाँसील गर्न सक्छन् ।

पुस्तकालय,संगीत तथा स्टीम ल्याब
विद्यालयमा विद्यार्थीहरुलाई अतिरित्त क्रियाकलापमा सहभागी गराउने उदेश्यले विद्यालयले पुस्तकालय,संगीत तथा स्टीम ल्याबको व्यवस्था गरेको छ । संगीत सिकाउनकालागी एकजना पुर्णकालीन प्रशिक्षकको व्यवस्था छ । यस्ले विद्याथीलाई थप ज्ञान हाँसील गर्न मदत पुग्ने विद्यालयकी प्रिन्सीपल यसोदा ध्याडी बताँउछीन् । उनका अनुसार विद्यार्थीको अभिरुचि बमोजिम नै विद्यालयले संगीत कक्षाको समेत व्यवस्था गरेको हो ।


प्रशस्त खेल मैदान
सत्यवती एकेडेमीले एक विघा भन्दा बढी जमिनमा स्पोट्स सेन्टर निर्माण गरेकोे छ । स्पोट्स सेन्टरमा पाँच ओटा पक्की र दुई ओटा कच्ची क्रिकेट प्राक्टीस स्थल,दुईओटा ब्याड्मिन्टन कोर्ट,एउटा भलिबल कोर्ट,चारओटा टेबल टेनिस बोर्ड,एउटा बास्केटबल कोर्ट र दुईओटा फुटबल कोर्ट निर्माण गरीएको छ । निकट भविष्यमै फुटसलको व्यवस्था पनी गरीने विद्यालयले जनाएको छ । विद्यार्थीलाई खेलकुदमा सक्रिय गराउनकासाथै,बालबालीकाको शारीरीक र मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै स्पोट्स सेन्टर निर्माण गरीएकोे सँस्थापक कडायतले बताए । यो संगै आवतजावतकोलागी बसहरुको व्यवस्था रहेको छ ।

यस्तो भन्छन् सँस्थापक कडायत
विद्यालयका सँस्थापक कडायत सत्यवती एकेडेमीबाट योग्य तथा सभ्य नागरिक उत्पादन गर्ने आफुहरुको लक्ष्य रहेको बताँउछन् । प्लस टु मा राम्रो विज्ञान विद्यालयको अभावमा काठमाडौं नै पुग्नुपर्ने स्थानीयको बाध्यतालाई कम गर्ने उदेश्यले सुविधा सहित प्लस टु विज्ञानको कक्षा सञ्चालन गरेको उनको भनाई छ । व्यवहारीक जीवनको मुख्य पाटो सभ्यता र अनुशासन भएकोले विद्यार्थीलाई सभ्यता र अनुशासनमा पनी कडाई गरीने उनको भनाई छ ।
















