
काठमाडौं – गायक राजेशपायल राईको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘जानु ए जानु’ को अफिसियल म्युजिक भिडियोसमेत सार्वजनिक भएको छ ।
गीतमा विनोद पछाईको संगीत, जानुका ढकालको शब्द, महाराज थापाको एरेन्ज र मीन विष्टको मिक्सिङ तथा मास्टरिङ छ ।

भिडियोमा आभा थापा र बद्रीप्रसाद तिवारी फिचर्ड छन् ।
निसान घिमिरेको सम्पादन तथा निर्देशन रहेको भिडियोमा राजीव समरको कोरियोग्राफी, उत्तम हुमागाईंको छायांकन र सुवास तिमिल्सिनाको मेकअप छ ।































