बाजुरामा खोलाले बगाएर एक महिला बेपत्ता

Image
maya metro

बाजुरा – बाजुरामा खोलाले बगाएर एक महिला बेपत्ता भएकी छन्।

 स्वामिकार्तिकखापर गाउँपालिका–१ मुक्तिकोटका प्रसाने बिककी ६५ वर्षीया पत्नि गुवा बिक सोमबार दिउँसो बेपत्ता भएको प्रहरीले जनाएको छ।

nisarga

प्रहरीका अनुसार कोल्टीबाट घर फर्किने क्रममा सोही ठाउँको रोडी खोला तर्ने क्रममा बिकलाई बगाएको हो।

प्रहरी चौकी जुड्डी र अस्थायी प्रहरी पोष्ट मुक्तिकोटको संयुक्त टोलीले स्थानीयको सहयोगमा बेपत्ता महिलाको खोजी गरिरहेको छ।