अछाममा बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु

Image
maya metro

अछाम – अछाममा बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

बिहीवार बँदेलले आक्रमण गर्दा अछामको तुर्माखाँद गाउँपालिका–३ की २६ वर्षीया दिला बयकको ज्यान गएको हो।

nisarga

मास गोडेर घर फर्कने क्रममा उनलाई बँदेलले आक्रमण गरेको स्थानीयले बताए। दिलाको अस्पताल लैजाने क्रममा मृत्यु भएको जनाइएको छ।