
अत्तरिया – डेउडा प्रतिष्ठान केन्द्रीय समितिले आज सुदूरपश्चिम प्रदेश सरकारलाई ओल्को दिएको छ ।
आज ओल्के पर्वको अवसरमा डेउडा प्रतिष्ठानले सुदूरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री माननीय कमल बहादुर शाह , सामाजिक विकास मन्त्री माननीय झपट बहादुर साउँद लाई छुट्टाछुट्टै ओल्को दिईएको संस्थाका अध्यक्ष दलबहादुर बोगटीले बताए

।
मान्यजन तथा ठुलाबडालाई ओल्को दिने प्रचलनलाई निरन्तरता दिदै प्रतिष्ठानद्वारा सुदूरपश्चिम प्रदेश सरकारलाई ओल्को दिदै डेउडा संस्कृतिको संरक्षण सम्बर्द्धन संगै स्रष्टाहरूका लागि लोक कल्याणकारी कोषको स्थापना गर्नुपर्ने माग समेत समितिले राखेको थियो ।






























