डेउडा प्रतिष्ठान भारतको वार्षीकोत्सव सम्पन्न

Image
maya metro

कैलाली – भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण गर्नु हाम्रो दायित्व हो भन्ने मूल नाराका साथ डेउडा प्रतिष्ठान भारत शाखा बेंगलोरको प्रथम वार्षिक साधारण सभा तथा वार्षीकोत्सव समारोह विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । डेउडा प्रतिष्ठान भारत शाखा बेङ्लोरका संस्थापक अध्यक्ष यज्ञराज भट्टको सभापतित्वमा भएको कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय बरिष्ठ उपाध्यक्ष सुरत रावत डोटेली कान्छा प्रमुख अतिथि रहेका थिए भने नेपाली जनसम्पर्क समिति भारतका क्षेत्रीय महासचिव माधबराज खडायत विशिष्ट अतिथि रहेका थिए ।

साधारणसभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं डेउडा प्रतिष्ठानका केन्द्रीय बरिष्ठ उपाध्यक्ष सुरत रावत डोटेली कान्छाले प्रबास रहेर पनि नेपाली भाषा,कला ,संस्कृतिको संरक्षण सम्बर्द्धन एवं प्रचारप्रसारमा उल्लेख्य भुमिकामा रहनु भएका डेउडा प्रतिष्ठानका कलाकारहरुलाई धन्यवाद दिए । संस्थागत रुपमा प्रबासमा रहेका कलाकारहरुलाई अझै संगठित गरेर लैजानु पर्ने आवश्यक रहेको उनले बताए । ब्यक्तिगत रुपमा कला संस्कृतिको संरक्षणमा लाग्नु भएका कलाकारहरुलाई संस्थामा आवद्ध हुन आग्रह गरे ।

nisarga

कार्यक्रमका विशिष्ट अतिथि नेपाली जनसम्पर्क समिति भारतका क्षेत्रीय महासचिव माधबराज खडायतले प्रबासमा रहेका कलाकारहरुले संस्था स्थापना गरि यति ठुलो कार्यक्रम आफैं आयोजना गरेर बार्षिकोत्सव मनाउनु भएकोमा खुसी ब्यक्त गरे । प्रबासमा रहेर विभिन्न उद्देश्यले स्थापना गरेका संघ संस्था बिच एक आपसमा समन्वय हुनु पर्ने उनले बताए । प्रबासमा रहेका बेला आफ्नो मातृभुमी प्रतिको माया अथाह रहने भएकाले पनि हामी नेपालीले गर्ने हर क्रियाकलापमा नेपाली पन नेपाली मन हुन जरुरी रहेको उनले बताए ।

प्रतिष्ठानका वर्तमान अध्यक्ष करन बिकले अतिथिहरुलाई स्वागत गर्दै संस्था स्थापना गर्न उर्जा प्रदान गर्नुहुने संस्थाका केन्द्रीय बरिष्ठ उपाध्यक्ष सुरत रावत डोटेली कान्छा लगायत केन्द्रीय समिति प्रती आभारी व्यत्त गरे । साधारणसभामा एक दर्जन भन्दा बढी कलाकारहरुले आ-आफ्नो प्रस्तुति प्रस्तुत गर्नु का साथै संस्थाका बिबिध गतिविधि प्रस्तुत गरिएको संस्थाका थियो । कार्यक्रममा यज्ञराज भट्ट ,करन बि.क.,शुदर्शन थापा , करन बिष्ट , तपेन्द्र रावल ,बसन्ती शाही , जानकी देवी दौल्याल,शुरेश खत्री,संगीता रावल थापा,लक्ष्मी बिष्ट ,धर्मा ओखेडा,सीता शाही, कमला खडका , पुषराज खत्री लगायतका कलाकारहरुले आ-आफ्नो प्रस्तुति प्रस्तुत गर्नुका साथै गुन्यु चोली र नेपाली दौरासुरुवालमा रहेका दर्जनौं कलाकारहरुले डेउडा खेलेका थिए । कार्यक्रमको सञ्चालन बिरेन्द्र साउँद र शुदर्शन थापाले गरेका थियो ।