Attariya Hospital Pvt.Ltd.

बडिमालिकामा तीर्थयात्रा शुरु

padma
milan sunchadi

मान्म – कालिकोट र बाजुरा जिल्लाको सिमानामा पर्ने बडिमालिका धाममा तीर्थयात्रा शुरु भएको छ।

हरेक वर्ष शुक्ल चतुर्दशीका दिन मेला लाग्ने बडिमालिकामा बाजुरा, डोटी, जुम्ला र कालीकोटबाट पूजा सामग्रीसहित सरकारी टोली तीर्थयात्रा जाने गरेको र त्यसका लागि कालीकोटबाट पुजारीसहितको टोलीलाई केही दिनअघि नै पूजा सामग्रीसहित बिदा गरेको कालीकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिए।

‘बडिमालिका तीर्थयात्राका लागि केही दिनअघि पुजारीसहितको टोलीलाई बिदा गरिएको छ’, उनले भने, ‘बडिमालिकामा रहेका २२ पाटन, त्रिवेणी र खेतीपातीलगायतका रमणीय ठाउँको मनोरम दृश्यको अवलोकनसँगै बडिमालिकामा दर्शन गर्नाले मनोकांक्षा पूरा हुने विश्वास छ।’

Siddi ganesh

बडिमालिका मेला भर्नका लागि तीर्थालु जान थालेको र त्यहाँको सुरक्षा व्यवस्था, स्वास्थ्य सामग्रीसहित स्वास्थ्यकर्मीको टोली पठाइएको कालीकोट रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताए।

‘बडिमालिका तीर्थयात्राका जानेका लागि नगरपालिकाले सहजीकरण गर्दै त्यहाँ स्वास्थ्यकर्मीको टोली पठाइएको छ’, उनले भने, ‘तीर्थयात्राको अवधिभर सुरक्षा व्यवस्था कडा पार्नुका साथै मदिरा बिक्री वितरणमा समेत रोक लगाइएको छ।’

पौराणिक कथाअनुसार महादेवकी दक्षको यज्ञकुण्डमा हामफालेकी पत्नी सतीदेवीकोमृत शरीर बोकेर पूरा विश्व घुम्न थाले। यसै बेला भगवान् विष्णुले आफ्नो सुदर्शन चक्र प्रहार गरी किरा पारेर सतीदेवीको मृत शरीर कुहाए।

यसरी ठाउँ ठाउँमा सतीका अङ्ग झर्नथाले। यसरी ठाउँ ठाउँमा सतीका अंग खस्न थालेपछि जहाँ जहाँ सतीका अङ्ग पतन भए त्यहाँ त्यहाँ एक एकवटा सिद्ध पीठ बन्दै गए। यसै क्रममा मल्लागिरि पर्वतमा सतीको बायाँ कुम पतन भयो। त्यसै मल्लागिरीलाई अहिले मालिका भनिन थालियो यसै स्थानमा बडिमालिका मन्दिर स्थापना गरेर पूजा गर्न थालियो।

रासस

Nawadurga
Leave A Reply

Your email address will not be published.