धनगढीमा प्रादेशिक डेउडा प्रतियोगिता हुने

Image
maya metro

धनगढी – कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय डेउडा प्रतियोगिता हुने भएको छ ।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान र डेउडा प्रतिष्ठानको संयुक्त आयोजनामा सुदूरपश्चिम गौरा महोत्सव तथा प्रादेशिक डेउडा प्रतियोगिता सञ्चालन हुने भएको हो ।

nisarga

यही भदौ १४, १५ र १६ गते हुने डेउडा प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटीले बताए । स्थानीय ‘भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण गर्नु हाम्रो दायित्व हो’ भन्ने मूल नाराका साथ २०७३ साल देखि निरन्तर गर्दै आएको र २०८० मा पनि ८ औं पटक गर्न लागेको डेउडा प्रतिष्ठानका महासचिव तोयानाथ भट्टले बताए ।

प्रतियोगिताबाट प्रथम हुनेलाई २१ हजार, द्वितीयलाई १५ हजार, तृतीयलाई ९ हजार र सान्त्वनालाई ५ हजारका साथै प्रमाणपत्र समेत प्रदान गरिने भएको छ ।