Attariya Hospital Pvt.Ltd.

बडीमालिका जात्रामा गएका एक तीर्थयात्रीको लेक लागेर मृत्यु

padma
milan sunchadi

बाजुरा – बडीमालिका जात्रामा गएका एक तीर्थयात्रीको लेक लागेर मृत्यु भएको छ। बाजुराको बडीमालिका जात्रामा गएका बाजुराको त्रिवेणी नगरपालिका–१ का २३ वर्षीय भरत बुढाको लेक लागेर मृत्यु भएको हो।

बडीमालिकाको दर्शन गर्न गएका बुढा अक्सिजन अभावका कारण बाटोमै अचेत भएका थिए। उनको दुर्गाभञ्जन गुल्म बाजुराद्वारा सञ्चालित स्वास्थ्य शिविरमा उपचारका क्रममा गएराति मृत्यु भएको दुर्गाभञ्जन गुल्मका गुल्मपति सेनानी धर्मेन्द्रबहादुर सिंहले बताए।

त्यस्तै अक्सिजन अभावका कारण अचेत भएकी कैलालीको अत्तरियाकी ६३ वर्षीया ईश्वरी बोहराको सेनाको स्वास्थ्य शिविरमा उपचार भइरहेको छ।

Siddi ganesh

यसअघि अक्सिजन अभावका कारण बिरामी भएका कालिकोटको पलाता गाउँपालिका–१ का धनप्रसाद न्यौपानेको उद्धारपछि सुर्खेतमा उपचारका क्रममा मृत्यु भइसकेको छ। सेनाको हेलिकोप्टरमा उद्धार गरिएका बझाङको जयपृथ्वी नगरपालिका–९ की झुपु धामीलाई उपचारपछि घर फर्काइएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.