Attariya Hospital Pvt.Ltd.

सुदूरपश्चिम प्रदेशमा आज पनी गौरा पर्व हर्षोल्लासका साथ मनाइँदै

padma
milan sunchadi

धनगढी – सुदूरपश्चिम प्रदेशमा आज पनी गौरा पर्व हर्षोल्लासका साथ मनाइँदै छ। गौरा पर्वमा अष्टमीका दिन गौराको पूजाआजा गरी मनाइन्छ। सुदूरपश्चिमको मौलिक संस्कृति झल्किने गरी मनाइने गौरा पर्व ९ वटै जिल्लामा धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने चलन छ।

यस वर्ष तिथी परिवर्तनका कारण दुई पटक गौरा मनाइदै छ। भदौ ७ गते गौरा पर्व नमनाएकाहरुले आज धुमधामका साथ गौरा मनाउदै छन्। पञ्चमीदेखि आरम्भ हुने गौरापर्वको पहिलो दिन महिलाहरुले घरघरमा तामाको भाँडामा बिरुडा (पाँच प्रकारका अन्न) भिजाएर गौरा पर्वको विधिवत रुपमा सुरुवात गर्दछन्।

पञ्चमीका दिन महिलाहरुले व्रत बसी केराउ, गहत, गहुँ, मास र गुरौस मिसाएर तामाको भाँडामा विरुडा भिजाएपछि गौरा पर्वको थालनी हुन्छ। पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ।

Siddi ganesh

त्यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर पूजा अर्चना गरी विवाहित महिलाहरुले दुवधागो चढाउने चलन छ। अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थलमा पार्वती र शिवको पूजापाठ गर्ने चलन छ।

गौरा पर्वको मुख्य आकर्षणको रुपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेल खेल्ने चलन छ। देउडाका माध्यमबाट समाजमा भएको विकृति, देशको राजनीतिक अवस्था लगायतका बारेमा तिखो व्यङ्ग्य गरी पनि गरिन्छ। गौरा पर्व पञ्चमीका दिन आरम्भ हुने भएपनि गौरा विसर्जन भने आ–आफ्नै चलन अनुसार गर्ने गरिन्छ। सुदूरको मौलिक संस्कृति झल्किने गौरा पर्व डडेल्धुरा, दार्चुला, बैतडी, डोटी बझाङ, अछाम, कैलाली, कञ्चनपुर तथा भारत उत्तराखण्डको कुमाउ, गढवालमा समेत मनाउने चलन छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.