अछामबाट एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार

Image
maya metro

अछाम – अछामबाट एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ७ की २५ वर्षीय मगलि थापाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। अछाम जिल्ला स्थित गोरख बक्स गणको हेलिप्याडबाट थापालाई उद्धार गरिएको हो।

पेटमा ३६ हप्ताको गर्भ रहेकी थापालाई ज्वरो आइरहेको र पेटमा रहेको बच्चाको मुटुको धड्कन बढेकोले हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

nisarga

जिल्ला अस्पताल अछाममा उपचार सम्भव नभएकोले आइसियु र प्रसूति दुबै सेवा भएको अस्पतालमा लैजान भन्दै जिल्ला अस्पताल अछामले रेफर गरेको थियो।

उनलाई महिला बालबालिका तथा राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकोप्टर मार्फत प्रादेशिक अस्पताल सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बताए।