लोटस आई क्रिकेट कपको ट्रफि तथा टाईसिट सार्वजनिक

Image
maya metro

अत्तरियाकैलालीको अत्तरियामा हुने लोटस आई क्रिकेट कपको ट्रफि तथा टाईसिट सार्वजनिक गरिएको छ ।

अत्तरियामा रहेको क्रिकेट क्लबले असोज १७ गतेदेखी २६ गतेसम्म आयोजना गर्न लागेको लोटस आइ क्रिकेट कपको एक कार्यक्रमकाबिच  ट्रफि तथा टाईसिट सार्वजनिक गरिएको हो ।

nisarga

प्रतियोगितालाई ए र बि गरि दुई समुहमा विभाजन गरिएको छ ।

समुह ए मा सैनिक आवासीय महाविधालय तेघरि,सरस्वती मा वि गेटा,लोटस आई सेकेन्डरी स्कुल अत्तरिया र कन्चनजंघा सेकेन्डरी स्कुल गुलरिया रहेका छन् ।

त्यस्तै समुह बि मा ज्योति इङलिस सेकेन्डरी कंचनपुर,सत्यवति एकेडेमी अत्तरिया,जे के सेकेन्डरी अत्तरिया र दुर्गालक्ष्मी  नमुना मा वि अत्तरिया रहेका छन् ।

प्रतियोगिताको प्रायोजन लोटस सेकेन्डरी स्कुलले गरेको छ ।प्रतियोगितामा प्रदेशभर का ८ वटा टिम को सहभागी रहेका छन् ।

प्रतियोगितामा पहिलो हुने टिमलाई नगद रु १ लाख १ हजार  ट्रफी र मेडल उपलब्ध गराइने भएको छ ।

यस्तै दोस्रो हुने टिमले ५१ हजार नगद ट्रफी र मेडल पाउने छ । प्रतियोगितामा सर्बोत्तकृष्ट खेलाडी,उत्कृष्ट ब्याटर र बलर लाई पनि पुरुष्कार को व्यवस्था गरिएको छ ।

प्रतियोगिता अन्तर्गतका खेलहरु लिग चरण मा खेलाइने छ । प्रतियोगिता गोदावरी नगरपालिका वडा नम्बर ३ मा रहेको शान्तिपुरमा हुने भएको छ ।