Attariya Hospital Pvt.Ltd.

लोटस आई क्रिकेट कपको उद्धघाटन

padma
milan sunchadi

अत्तरिया – कैलालीको अत्तरियामा लोटस आई क्रिकेट कपको  उद्धघाटन गरिएको छ ।
अत्तरियामा रहेको क्रिकेट क्लबले आयोजना गरेको प्रतियोगिताको आज बुधबार गोदावरी नगरपालिका वडा नम्बर १ का अध्यक्ष एवम्  नगरपालिकाका प्रवक्ता गोपालदत्त  भट्टले  उद्घाटन गरेका हुन् ।

उद्द्घाटन कार्यक्रममा बोल्दै उनले खेल राष्ट्रकै पहिचान भएको हुँदा क्लबको उक्त कदम सर्हानिय भएको बताए । उनले खेल क्षेत्रको विकासकालागि नगरपालिका तयार रहेको बताए ।

  लोटस आई सेकेन्डरि स्कुलले प्रायोजन गरेको प्रतियोगितामा गोदावरी नगरपालिका मुख्य प्रवर्द्धक रहेको छ । आज पहिलो खेल सैनिक आवासीय महाविधालय तेघरि र लोटस आई सेकेन्डरि स्कुल अत्तरिया खेलिरहेका छन् ।

Siddi ganesh

२६ गतेसम्म चल्ने प्रतियोगितामा कैलाली र कंचनपुरका गरि ८ ओटा टिम सहभागी रहेका छन् ।प्रतियोगितामा पहिलो हुने टिमले नगद रु १ लाख १ हजार  ट्रफी र मेडल उपलब्ध गराइने भएको छ । यस्तै दोस्रो हुने टिमले ५१ हजार नगद ट्रफी र मेडल पाउने छ ।

satyawati

प्रतियोगितामा सर्बोत्तकृष्ट खेलाडी,उत्कृष्ट ब्याटर र बलर लाई पनि पुरुष्कार को व्यवस्था गरिएको छ । प्रतियोगिता अन्तर्गतका खेलहरु लिग चरणमा खेलाइने छ ।

प्रतियोगिताको कुल लगानी १२ लाख रहने क्लबका अध्यक्ष दिपेन्द्र गौतमले बताएका छन्।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.