लोटस आई क्रिकेट कपः आज दुर्गालक्ष्मी र सत्यवती बिचको खेल हुँदै

Image

अत्तरिया – कैलालीको अत्तरियामा जारी लोटस आई क्रिकेट कपमा आज दुर्गालक्ष्मी नमुना मा वि र सत्यवती एकेडेमी बिचको खेल हुँदै छ । गोदावरी नगरपालीका वडा नम्बर ३ स्थीत शान्तिपुर क्रिकेट मैदानमा भैरहेको खेलमा आज बिहान ९ बजे दुर्गालक्ष्मी र सत्यवती बिचको खेल सुरु हुने आयोजकले जनाएको छ ।

अत्तरियामा रहेको क्रिकेट क्लबले आयोजना गरेको प्रतियोगिताको बुधबार गोदावरी नगरपालिका प्रवक्ता एवम् वडा नम्बर १ का अध्यक्ष गोपाल दत्त भट्टले एक कार्यक्रमका बिचे उद्घाटन गरेका थिए । बुधबार सैनिक आवासीय महाविधालय तेघरी र लोटस आई सेकेन्डरी स्कुल अत्तरिया बिच भएको खेलमा लोटस आईलाई ७६ रनले पराजित गर्दै सैनिक आवाशिय महाविद्यालय विजयी भएको थियो ।

२६ गते सम्म चल्ने प्रतियोगितामा कैलाली र कञ्चनपुरका गरि ८ ओटा टिम सहभागी रहेका छन् । प्रतियोगितामा पहिलो हुने टिमले नगद १ लाख १ हजार रुपैयाँ ट्रफी र मेडल उपलब्ध गराइने भएको छ । त्यस्तै दोस्रो हुने टिमले ५१ हजार नगद ट्रफी र मेडल पाउने छ ।

प्रतियोगितामा सर्बोत्तकृष्ट खेलाडी, उत्कृष्ट ब्याटर र बलर लाई पनि पुरुष्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता अन्तर्गतका खेलहरु लिग चरणमा खेलाइने छ । प्रतियोगिताको कुल लगानी १२ लाख रहने आयोजकले जनाएको छ । लोटस आई सेकेन्डरी स्कुलले प्रायोजन गरेको प्रतियोगितामा गोदावरी नगरपालिका मुख्य प्रवर्द्धक रहेको छ ।