अत्तरिया – कैलालीको अत्तरिया क्रिकेट क्लबको आयोजनामा सञ्चालन भैरहेको प्रतियोगीतामा सैनिक आवाशिय महाविद्यालय लोटस आई कप अन्तरविद्यालय क्रिकेट प्रतियोगीताको फाईनलमा प्रवेश गरेको छ। बुधवार बिहान भएको पहिलो सेमिफाईनल खेलमा दुर्गालक्ष्मी नमुना माविलाई ६ विकेटले पराजित गर्दै सैनिकले फाईनलको यात्रा तय गरेको हो।
टस जितेर ब्याटिङ रोजेको दुर्गालक्ष्मीले १९ दशमलब ३ ओभर खेल्दै सबै विकेट गुमाएर १०७ रन बनाउन सक्यो। ७ रनमै पहिलो विकेट गुमाएको दुर्गालक्ष्मीले त्यसपछि भने केही सम्हालिएर खेलेको थियो। तर ३५ रनमा दोस्रो विकेट गएपछि दुर्गालक्ष्मीले मध्यक्रमका विकेटहरु धमाधम गुमाएको थियो। दुर्गालक्ष्मीका तर्फबाट हिमाल बोगटीले २३ रन बनाए। सैनिकका निशान्त भट्टले ३ र बद्री कार्किले २ विकेट लिए।
१०८ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको सैनिकको सुरुवात झन खराब रह्यो। सैनिकले ५ रनमै २ विकेट गुमाएको थियो। तर सुशिल चन्दको हाफ सेन्चुरीको मद्दतले सैनिकले १७ दशमलव ४ ओभरमै जित हासिल ग–यो। चन्द बाहेक सैनिकका प्रशान्त विष्टले २४ रन बनाए। दुर्गालक्ष्मीका मुकेश धामीले ३ विकेट लिएका थिए। खेलमा उत्कृष्ट प्रर्दशन गरेका सैनिकका सुशिल चन्द म्यान अफ द म्याच घोषित भए।