
अत्तरिया – कैलालीको गोदावरी अत्तरियामा भएको लोटस आई कप अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगीताको उपाधी सैनिक आवाशिय महाविद्यालयले हात पारेको छ । शुक्रबार भएको फाईनल खेलमा कञ्चनपुरको ज्योती बोर्डिङ स्कुललाई ३० रनले पराजित गर्दै सैनिकले उपाधी जितेको हो ।
शान्तिपुर खेलमैदानमा भएको फाईनल खेलमा टस जितेर सैनिकले ब्याटिङ रोजेको थियो । सैनिकले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउदै १२४ रन बनाएको थियो । उसका लागि निसान्त भट्टले सर्वाधिक ३३ रन बनाएका थिए । बलिङमा ज्योतीका विनोद सिँहले ३ विकेट र आशिष ताम्राकारले २ विकेट लिए ।
१२५ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको ज्योतीले १६ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ९४ रन मात्रै बनाउन सक्यो । उसका लागि सुरज बोहरा र नविन ताम्राकारले समान १४÷१४ रन बनाए । बलिङमा सैनिकका सुशिल चन्द र निशान्त भट्टले समान ३÷३ विकेट लिएका थिए ।
उपाधी जितेसँगै सैनिक आवाशियले नगद रु। १ लाख १ हजार रुपैयासहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको ज्योतीले नगद रु। ५१ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगीताभर १० विकेट र ११८ रन बनाएर उत्कृष्ट खेल प्रर्दशन गरेका सैनिकका कप्तान सुशिल चन्द उत्कृष्ट खेलाडी घोषित भए । उनले नगद रु। १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

यसैगरी प्रतियोगीतामा सबैभन्दा बढी १२० रन बनाएका ज्योतीका नविन ताम्राकार उत्कृष्ट ब्याट्सम्यान र सबैभन्दा बढी १५ विकेट लिएका ज्योतीकै आशिष ताम्राकार बेष्ट बलर घोषित भए । उनिहरुले समान नगद रु। ५÷५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
यसैगरी प्रतियोगीताको उदयीमान खेलाडी दुर्गालक्ष्मी नमुना माविका गणेश थापा घोषित भए । विजेता सैनिक आवासीय महा विद्यालयलाई नगद रु १ लाख १ हजार साथै ट्रफि, मेडल, प्रमाणपत्र प्रदान गरिएको छ । साथै उप विजेता ज्योती इंग्लिश बोर्डिङ्ग स्कुललाई नगद रू ५१ हजार साथै ट्रफि, मेडल, प्रमाणपत्र प्रदान गरिएको छ ।
खेलको उत्कृष्ट प्रदर्शनीमा सैनिक आवासीय महा विद्यालयका क्याप्टेन खेलाडी सुशील विक्रम चन्द रहे । उनलाई १० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको हो । यस्तै ज्योती इंग्लिश बोर्डिङ्ग स्कूलका खेलाडि नवीन ताम्राकारले खेलभरीमा १ सय २० रन बनाएर उत्कृष्ट व्याट्सम्यान रहे । उनलाई नगद रु ५ हजार साथी ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । यस्तै उत्कृष्ट बलरमा ज्योती इंग्लिश बोर्डिङ्ग स्कुलका खेलाडी आशिष ताम्राकार रहेका छन् । उनले प्रतियोगिता भरी सबै भन्दा बढी १५ विकेट लिन सफल भएका छन् । उनले नगद रु ५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगिताको उदयमान खेलाडीमा दुर्गा लक्ष्मी नमूना माध्यमिक विद्यालयका गणेश थापा रहेका छन् । उनलाई रु नगद २ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । सैनिक आवासीय महाविद्यालयका खेलाडी निशान्त भट्टले ३ विकेट लिएर फाइनल खेलको म्यान अफ द म्याच भएका छन् । स्वास्थ लागि खेलकुद राष्ट्रका लागि खेलकुद“ भन्ने मुल नाराका साथ प्रतियोगिता गोदावरी ३ मा रहेको शान्तिपुर क्रिकेट खेल मैदानमा भएको थियो ।
प्रतिगोयिता १७ गतेबाट सुरु भएर २६ गते शुक्रबार समापन गरिएको हो । आयोजकले प्रतियोगितामा सहभागी ८ वटा टिमहरुलाई लिग चरणमा खेल खेलाएको थियो । प्रतियोगिताको मुख्य प्रायोजक लोटस आई माध्यामिक विद्यालय रहे संगै मुख्य प्रवर्धक गोदावरी नगरपालिका रहेको थियो ।














