अछाममा जीप दुर्घटना

Image
maya metro

अछाम – अछाममा जीप दुर्घटना भएको छ।

सोमबार बिहान जिल्लाको चौरपाटी गाउँपालिका–१ स्थित बिउनी भन्ने स्थानमा से१ज ४९० नम्बर जीप दुर्घटनामा परेको हो।

nisarga

गैरिलेक बजारबाट खान्डाँडातर्फ यात्रु ल्याउन जाने क्रममा जीप दुर्घटनामा परेको प्रहरी चौकी सिउँडीले जनाएको छ।

जीपमा चालक धनबहादुर थापा मात्रै रहेको बुझिएको छ। उनी सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

जीप सडकबाट करिब १५० मिटर तल खसेको थियो।