अछाममा जिप दुर्घटना हुँदा ८ जना घाइते

Image
maya metro

अछाम – अछाममा जिप दुर्घटना भएको छ। सोमवार जिल्लाको मेल्लेख गाउँपालिका–७ मा सुदुरपश्चिम प्रदेश ०१–००१ ज १३५९ नम्बर जिप दुर्घटनामा परेको हो। मेल्लेखबाट साँफेतर्फ यात्रु बोकेर गइरहेको जिप ब्रेक फेल भएर सडकमा पल्टन गई दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर ८ जना घाइते भएका छन्। घाइते हुनेमा चालक मेल्लेख गाउँपालिका–७ का २५ वर्षीय महेश खड्का, मेल्लेख गाउँपालिका–६ का २१ वर्षीया सानु कुवर, २६ वर्षीय उत्तम खड्का, १८ वर्षीय समिर रावत, ३५ वर्षीय राजेन्द्र रावत, ५० वर्षीय टेकबहादुर रावत रहेका छन्।

nisarga

त्यस्तैै सोहि गाउँपालिका–५ का १८ वर्षीय सतिष नेपाली र २३ वर्षीेय योगेन्द्र खड्का घाइते भएका छन्। घाइते ४ जनाको अवस्था मध्यम रहेको र ४ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ। घाइतेहरुको न्याय हेल्थ अस्पताल अछाममा उपचार भइरहेको छ। सोमबार बिहान पनि जिल्लाको चौरपाटी गाउँपालिका–१ स्थित बिउनी भन्ने स्थानमा से१ज ४९० नम्बर जीप दुर्घटनामा परेको थियो ।