Attariya Hospital Pvt.Ltd.

बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु

padma
milan sunchadi

बैतडी – बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

खर काट्ने क्रममा भिरबाट लडेर जिल्लाको डिलाशैनी गाउँपालिका–१ खुम्ताकी २२ बर्षीया सुनकला बोहराको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

आइतबार बिहान खर काट्न घरभन्दा चार किलोमिटर टाढा रहेको जहिलेक जंगलमा गएकी बोहरा भिरबाट लडेर २ सय मिटर तल खसेकी थिइन्।

Siddi ganesh

उनलाई उपचारका लागि उनका श्रीमान कमलेश बोहराले गोकुलेश्वर अस्पताल पुगाएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक खत्रीले बताए।

Nawadurga
Leave A Reply

Your email address will not be published.