अछाममा भालुको आक्रामणबाट बालिका घाइते

Image
maya metro

अछाम – अछाममा भालुको आक्रामणबाट एक बालिका घाइते भएकी छिन्।

जिल्लाको ढकारी गाउँपालिका-३ अनारीगाउँ स्थित जंगलमा घाँस काट्ने क्रममा सोही गाउँकी १५ वर्षीया बालिका दिलाकुमारी बुढालाई आइतवार जंगली भालुले आक्रामण गरि घाइते बनाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

nisarga

घाइते बालिकाको स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी पठाइएको प्रहरीले बताएको छ।