बाजुरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

Image
maya metro

बाजुरा – बाजुरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ  । दुर्घटनामा एकजना घाइते भएका छन् ।

बिहीवार जिल्लाको हिमाली गाउँपालिका–६ धुलाचौरबाट कोल्टीतर्फ आउँदै गरेको लु १ ज ४८२९ नम्बरको बोलेरो जिप धुलाचौर बजार नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

nisarga

दुर्घटनामा परी मुगु जिल्लाको खत्याड गाउँपालिका–९ का अन्दाजी २७ वर्षीय मदन सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोरसिंह ऐरीले जानकारी दिए ।

जिपमा सवार जिल्लाको गौमुल गाउँपालिका–३ का अन्दाजी १८ वर्षीय बसन्त धामी घाइते भएका छन् । उनको खुट्टामा चोक लागेको र अवस्था सामान्य रहेको प्रहरी निरीक्षक ऐरीले बताए ।

चालकसहित एक जना भने सकुशल रहेको प्रहरीले बताईएको छ । जीप चालक खत्याड गाउँपालिका–९ का दलबहादुर लावणलाई प्रहरीको नियन्त्रणमा लिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।