जमिनको तिरो तिर्न भारतमा नोकरी

Image
maya metro

बाजुरा – बाजुराका अधिकांश ठाउँमा पछिल्लो समय खेतीयोग्य जमिन बाँझो रहँदै आएको पाइन्छ । पाखो तथा भिरालो ठाउँको जमिनमा सिँचाइ सुविधा नहुँदा उक्त जमिन बर्सेनि बाँझो हुँदै गएका हुन् ।

खेती लगाउन प्रशस्त जमिन भए पनि सिँचाइ सुविधा नभएकाले बाँझो राख्नु परेको बुढीगङ्गा नगरपालिका–१० का कृषक रूप सार्कीले बताए । “सिँचाइ नहुँदा जमिन सधैँ बाँझो राख्नु परेको छ,” उनले भने, “अर्कोतिर स्थानीय सरकारले त्यही जमिनको तिरो तिर भन्छ ।”

nisarga

आफूसँग अन्य आयस्रोत नभएपछि भारतमा कमाइ गरेर ल्याएको पैसाले बाँझो जमिनको तिरो तिर्ने गरेको उहाँले बताए । उनको गाउँमा पुस्तौँदेखिको खानेपानीको समस्या बल्ल समाधान भएको छ ।

अब कतैबाट सिँचाइको व्यवस्था भए बाँझो रहँदै गएको जमिन सदुपयोग हुने आसमा सार्की हुनुहुन्छ । बुढीगङ्गा नगरपालिका–१० को पानीभुँवा, डाँडा, बाँउकुणा, माथिखेत, कबल्तोला, भतुडा, पाखेढुङ्गा र खिरेरुखलगायत जमिनमा सिँचाइ सुविधा छैन । खेती गर्न निकै उपयोगी भए पनि सिँचाइ नहुँदा सधैँ बाँझो रहँदै गएको छ । खेतीयोग्य जमिनका लागि सिँचाइ सुविधा भएको भए आफू जस्ता युवालाई कामको खोजीकै लागि भारत जानु नपर्ने उनको भनाइ छ ।

यता स्थानीय सरकारले गाउँमा जमिन बाँझो राख्नु हुँदैन, त्यसको सदुपयोग गर्नु पर्छ भन्दै दबाब दिँदै आएका छन् । गाउँमा जमिन प्रशस्त भए पनि सिँचाइको व्यवस्था नहुँदा खेती गर्न छोडेर अधिकांश युवा पेट पाल्नकै लागि भारत पलायन हुने गरेका छन् ।

हिमाली, स्वामिकार्तिक, जगनाथ, बुढीनन्दा, गौमूल, बडीमालिका, बुढीगङ्गा, त्रिवेणी, छेडेदह गाउँपालिकालगायतका स्थानमा दुई लाख तीस हजार ३७ हेक्टर जमिन खेतीयोग्य रहेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । गोरखापत्रबाट