बाजुरामा मिलको सापटमा दोपट्टा बेरिएर बालिकाको मृत्यु

Image

बाजुरा – बाजुरामा मिलको सापटमा दोपट्टा बेरिएर एक बालिकाको मृत्यु भएको छ । बुढिगंगा नगरपालिका-८ देउलिसैनका लोकेन्द्र रावलको ५ वर्षीया छोरी आँचल रावलको आइतबार साँझ मृत्यु भएको हो ।

सोही ठाँउस्थित भरत नेपालीले सञ्चालन गरेको मिलको पछाडीको सापटमा बालिकाकोे दोपट्टा बेरिएर टाउकोमा चोट लाग्दा उनको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट आवश्यक अनुसन्धान भईरहेको जनाएको छ ।