बैतडीमा पुसमै फुल्यो लालीगुराँस

Image
फाइल फोटो

बैतडी – बैतडीका वनपाखाहरुमा फागुन–चैतमा फुल्ने लालीगुराँस पुसमै फुलेको छ । लेकाली क्षेत्रहरुमा फागुन –चैतमा फुल्ने लालीगुराँस पुसमै फुलेको स्थानीयहरुले बताएका छन् ।

जिल्लाको दशरथचन्द नगरपालिका १ मुस्याचोर, सतबाँझ क्षेत्रमा पुसमै लालीगुराँस फुलेको स्थानीयले बताएका छन् । समुद्री सतहबाट १ हजार ३०० मिटरदेखि ३ हजार २ सय मिटरको उचाइमा पाइने लालीगुराँस फुल्ने समय फागुन, चैत महिना भएपनि छिटै फुल्न थालेको स्थानीयहरुको भनाइ रहेको छ ।

फागुन–चैतमा लालीगुराँस फुलेर राताम्य हुने वनपाखाहरुमा अहिले पुसमै लालीगुराँस फुलेका छन् । तीस वर्षको औसत हावापानीमा हुने परिवर्तनलाई जलवायु परिवर्तन भन्ने गरिएको छ ।