सत्यवती एकेडेमीमा ‘सुदूरपश्चिमको पर्यटन र सम्भावना’ विषयक कार्यक्रम सम्पन्न

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर –२ अत्तरियामा रहेको सत्यवती एकेडेमीमा ‘सुदूरपश्चिमको पर्यटन र सम्भावना’ विषयक कार्यक्रम सम्पन्न भएको छ । बुधबार टिआरटिआइ ( टुरिज्म रिसर्च एण्ड ट्रेनिंग सेन्टर)ले विद्यालय परिसरमा उत्त कार्यक्रमको आयोजना गरेको हो । आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले उत्त कार्यक्रमको आयोजना गरिएको टिआरटिआइका अध्यक्ष मदन कुमार बरालले बताए ।

पर्यटन व्यवसायलाई माथि उकास्न विद्यार्थीहरुबाटै बलियो सम्भावना भएकोले सातवटै प्रदेशमा विद्यालय स्तरमा पुगेर यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको उनको भनाई छ । कार्यक्रममा बोल्दै विद्यालयका सँस्थापक विर बहादुर कडायतले सुदूरपश्चिममा पर्यटन विकासको प्रचुर सम्भावना भएको बताए । उनले देशलाई सम्वृद्ध बनाउन कृषी,जलविधुत तथा पर्यटनको विकास अनिवार्य रहेको बताए ।

2 ad new year 1

आफुले शिक्षा क्षेत्र तथा विद्यालयको तर्फबाट पर्यटन विकासकालागि गर्न सकिने सहयोगकालागि सँधै तयार रहेको उनले बताए । विद्यालयकी प्रिन्सीपल यसोदा कडायतको सभापतित्वमा सम्पन्न उत्त कार्यक्रममा प्रमुख अतिथीमा गोदावरी नगरपालिका वडा नम्बर १ का अध्यक्ष एवम् नगर प्रवत्ता गोपालदत्त भट्ट रहेका थिए । कार्यक्रममा टिआटिआइका प्रतिनिधीहरुको उपस्थीतीमा सम्पन्न उत्त कार्यक्रमको संचालन विद्यालयकी शिक्षक भाषीका भट्टले गरेकी थिईन् ।

टुरिजम रिसर्च एण्ड ट्रेनिंग इन्स्टिच्यूट (टिआरटिआइ) नेपालको आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यका साथ सन् २०२१ मा स्थापित कम्पनी हो । पर्यटनबाटै समृद्धि भन्ने मूल नाराका साथ स्थापित यस कम्पनीले स्थापना कालदेखिनै पर्यटन प्रवर्द्धनार्थ पर्यटन सचेतना एवं शिक्षालाई जोड दिदै त्यसका लागि विविध कार्यक्रमहरु गर्दै आइरहेको छ ।