अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थीत दुर्गा मावि हाटखोलीमा मा वडा स्तरिय अतिरिक्त क्रियाकलाप सुरु भएको छ ।
वडा नम्बर ४ को सहयोग तथा दुर्गा मावि हाटखोलीको आयोजनामा सुरु भएको उत्त कार्यक्रमकोे आज एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका छन् ।
कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले यस क्षेत्रमा रहेका सम्पूर्ण विद्यार्थीको हक अधिकार, शिक्षा, स्वास्थ्य र पोषण सहित गुणस्तरिय शिक्षा सुधारका लागि नगरपालिका प्रयासरत रहेको बताए ।
केही दिनमै सुरु हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने बताँउदै उनले यस्ता खेलकुदले विद्यार्थीको भविष्यसङ्गै खेल जगतमा राम्रो स्थान हासिल का लागि बाटो खुल्ने जनाएका छन् । भट्टले सबै वडाहरूमा अव्यवस्थित बसोबासलाई यसै आर्थिक वर्षमा पुर्जा दिने गरी काम अगाडी बढेको गरेको बताए ।
वडा भित्र रहेका विभिन्न विद्यालयमा प्रत्येक वर्ष छुट्टाछुट्टै विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने गरिएको वडा नम्बर ४ का वडा अध्यक्ष हेम प्रकाश मल्लले बताए । विद्यार्थीको चौतर्थी विकासका लागि खेलकुद अनिवार्य रहेको उनले बताए ।
अतिरिक्त क्रियाकलापको कार्यक्रममा राष्ट्रिय मावि बास्कोटा, लक्ष्मी मावि बुढितोला, भगवती आधारभूत विद्यालय फुलबस्ती, चाँदनी आधारभूत विद्यालय, गोलादेउ मावि लगायत विद्यालयहरुको उपस्थिति रहेको थियो ।