अछाममा २३ हजारसहित चार जुवाडे पक्राउ

Image
फाईल फोटो

अछाम – अछाममा नगद २३ हजार रुपैयाँसहित चार जना जुवाडेलाई पक्राउ गरिएको छ ।

जिल्लाको मंगलसेन नगरपालिका–५ मंगलसेन बजार बस्ने ५६ वर्षीय अर्जुन सिंह बिष्टको सिलाई कटाई पसलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गएिको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट चार गड्डी तास र २३ हजार छ सय ३० रुपैयाँ नगद बरामद गरिएको छ । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।