बैतडीको एक घरमा आगलागी हुँदा ५ लाख बराबरको क्षति

Image
फाइल फोटो
maya metro

बैतडी – बैतडीको एक घरमा आगलागी हुँदा ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

डिलाशैनी गाउँपालिका –६ थलालगाउँका पुष्कर थलालको घरमा हिजो साँझ विद्युतको तार सर्ट भइ आगलागी भएको हो।

nisarga

थलालको दुई तले चारकोठे कच्ची घरमा आगलागी हुँदा नगद १ लाख ५० हजार रुपैयाँका साथै १ तोला आठ आना सुन जलेर नष्ट भएको छ।

यस्तै घरभित्र रहेका ३५ हजार बराबरका कपडा जलेका छन् भने खाद्यान्न सामग्री समेत जलेर नष्ट भएको छ। आगलागीबाट मानवीय क्षति नभए पनि घरको माथिल्लो तला जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता निरीक्षक खेमविक्रम केसीले बताए।

आगो स्थानीय र प्रहरीको टोलीले नियन्त्रणमा लिएको लिएका हुन्।