कृष्णपुरमा नगर स्तरीय १४ औँ राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता सुरु

Image
maya metro

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नगर स्तरीय १४ औँ राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको आज परराष्ट्रमन्त्री एनपी साउदले उद्धघाटन गरेका हुन् ।

नगरपालिकाको आयोजना तथा नगरपालिका खेलकुद समिति कृष्णपुरको सहआयोजनामा हुन गैरहेको उत्त प्रतियोगिता पुष २६ गतेसम्म चल्ने जनाईएको छ ।

nisarga

वडा नम्बर ४ मा रहेको कृष्ण मा वि जारी उत्त प्रतियोगितामा २५ ओटा विद्यालयको सहभागीता रहेको छ । कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री साउदले महाकाली परियोजना र पञ्चेश्वर परियोजनाको काम संगै अघि बढाउने बताएका छन् ।

भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा एक महिनाभित्र महाकाली र पञ्चेश्वर परियोजनाको काम अघि बढाउने समझदारी भएको उनले बताए । महाकाली परियोजनाबाट ६ हजार मेगावाट भन्दा बढी विद्युत उत्पादनका साथै यस क्षेत्रमा रोजगारी पनि सृजना गर्ने उनको भनाइ छ।

१० वर्षभित्र १० हजार मेगावाट विद्युत भारत निर्यात गर्ने तयारी भइरहेको उनले बताए। नेपालबाट भारत विद्युत निर्यात गर्न सके देशको अर्थतन्त्र पनि सुधारिने उनको दाबी छ। माघमा हुने जिल्ला स्तरिय छनौट प्रतियोगिता पनि सोहि विद्यालयमा कृष्णपुर नगरपालिकाले नै आयोजना गर्ने भएको छ ।