Attariya Hospital Pvt.Ltd.

गोदावरीमा १४ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता पुष २७ गतेदेखी हुने

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा १४ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुष २७ गतेदेखी हुने भएको छ ।

आयोजक गोदावरी नगरपालिकाले आज पत्रकार सम्मेलनको आयोजना गरी नगर स्तरीय १४ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताबारे जानकारी दिएको हो ।

प्रतियोगिता वडा नम्बर ५ स्थीत सरस्वती मा वि गेटामा हुने भएको छ । प्रतियोगितामा ४२ ओटा विद्यालय सहभागी हुने जनाईएको छ । प्रतियोगिताको उद्घाटन बिहान ८ बजे नगर प्रमुख विरेन्द्र भट्टले गर्ने भएका छन् ।

Siddi ganesh

उद्द्घाटन सत्रमा  २०७९/८० मा नगरका सामुदायिक तथा सँस्थापक विधालयबाट उत्कृष्ट नतिजा ल्याउने छात्र र छात्रालाई पुरस्कृत गरिने शिक्षा शाखाका प्राविधिक सहायक विष्णु अवस्थिले जानकारी दिए ।

त्यसैगरी उक्त शैक्षिक सत्रमा सेवा निबृत्त भएका शिक्षकहरुलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको उनले बताए ।

१० लाख ९० हजार ८०० रुपैयाँ अनुमानित बजेट रहेको संयोजक रनिङ्ग शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिका संयोजक शिवराज भट्टराईले जानकारी दिए । प्रतियोगिता पुष २९ गतेसम्म चल्नेछ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.