अछाम – दाउरा चिर्न गएका एक बालकको रूखले च्यापिएर मृत्यु भएको छ ।
रामारोशन गाउँपालिका ७ सुतार निवासी केसे कामीको छोरा १४ वर्षीय जनक विकको ज्यान गएको हो ।
घरबाट करिब ३ किलोमिटर टाढा रहेको भालुदुला नामक वनमा दाउरा चिर्न जाँदा सोही रूखले च्यापेर मृत्यु भएको स्थानीय पूर्णबहादुर विकले जानकारी दिएका छन् ।