Attariya Hospital Pvt.Ltd.

गोदावरी नगरस्तरीय १४ औँ राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी दुर्गालक्ष्मी नमुना माविलाई

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा सम्पन्न १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी दुर्गालक्ष्मी नमूना माध्यमिक अत्तरियाले जितेको छ । पुष २७ गते देखि सुरु भएको नगरस्तरिय प्रतियोगितामा दुर्गालक्ष्मी नमूना माध्यमिकले १३ स्वर्ण १७ रजत र १६ कास्य सहित जम्मा ४६ पदक सहित उपाधी जितेको हो ।

प्रतियोगितामा १२ स्वर्ण ११ रजत र ७ कास्य सहित सैनिक आवासिय मावि तेघरीले दोस्रो स्थान हासिल गरेको छ । त्यस्तै ६ स्वर्ण, १ रजत र २ कास्य सहित दुर्गा भवानी माबि हरैया तेस्रो भएको छ । सामुदायिक र सस्थागत गरी ४२ विद्यालय सहभागि प्रतियोगितामा ६३ स्वर्ण, ५९ रजत र ७५ कास्य पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगितामा २० विद्यालयले मात्रै स्वर्ण पदक जित्न सफल भएका छन् । आईतबार राति अबेर सम्पन्न कार्यक्रमको समापनमा बोल्दै गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले विजेता, उपविजेतालाई पुरस्कार वितरण गर्दै अनुशासन पुर्वक खेल सम्पन्न गरेकोमा खेलाडी, खेल प्रशिक्षक, व्यवस्थापक सबैलाई धन्यवाद व्यक्त गरे ।

Siddi ganesh

गोदावरी नगरपालिका भित्र ५६ ओटा सामुदायिक स्कुल भएता पनि बिद्यार्थीहरुलाई खेलकुदका माध्यमबाट नगरस्तरिय कार्यक्रममा न्यून सहभागिता प्रति आफूलाई दुःख लागेको र आगामी दिनमा सामुदायिक स्कुललाई प्राथमिकताका साथ अगाढी बढ्न समेत नगर प्रमुख भट्टले बताए ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.