Attariya Hospital Pvt.Ltd.

गोदावरीको मजगाँउमा संचालन हुने माघ महोत्सवको ११बजे मन्त्री चौधरीले उद्घाटन गर्ने

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ८ मजगाँउमा आजदेखि संचालन हुने तीन दिने माघ महोत्सवको सुदूरपश्चिम प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले बिहान ११ बजे उद्घाटन गर्ने भएका छन् ।

माघ १२, १३ र १४ गते महोत्सव सञ्चालन हुने महोत्सवको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

संस्कृति संरक्षण, स्थानिय पर्यटन र आधुनिक कृर्षि पर्यटनका लागि एकजुट हौ भन्ने मुल नाराका साथ थारू कल्याणकारिणी सभाले महोत्सवको आयोजना गर्न लागेको हो ।

Siddi ganesh

महोत्सवमा स्थानीय झाँकीहरू प्रदर्शनका साथै थारु राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ ।

महोत्सवमा थारु खानपानको व्यवस्था, थारु कला सस्कृतिको जगेर्ना सम्बन्धी विविध कार्यक्रम, थारु समाज सेवा तथा प्रतिभावन व्यक्तिहरुलाई सम्मान, ठुलो पिङ, चर्खा तथा अन्य रमाइलो मेला प्रदर्शन हुने आयोजकले जनाएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.