अत्तरिया – कैलालीको अत्तरियाका व्यवसायीले आज एक भेलाको आयोजना गरेका छन् ।
पुष २६ गतेदेखि माघ ७ गतेसम्म आयोजना भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भेटिएको नक्कली टिकटका विषयमा छलफल गर्न व्यवसायीले स्वस्फूर्त रुपमा भेलाको आयोजना गरेका हुन् ।
भेलाले नक्कली टिकट प्रकरण विरुद्ध एकजुट भएर लाग्ने निर्णय गरेको छ । भेला मार्फत उनिहरुले संघर्ष समिति पनि गठन गरेका छन् ।
जस्को संयोजकमा गणेश बलायर रहेका छन् भने सह संयोजकमा नैन सिंह कार्की, सचिवमा धना देवि चोखाल र सदस्यमा पुष्पराज सुबेदी लगायत अन्य व्यवसायी रहेका छन् ।