अत्तरिया उद्योग वाणिज्य संघका सल्लाहकार संयोजकले पनि गरे राजीनामाको घोषणा

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरिया उद्योग वाणिज्य संघका सल्लाहकार संयोजकले पनि पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

संघका सल्लाहकार संयोजक राजु भट्टराईले पदबाट राजीनामा गरेको आफ्नो सामाजिक संजालमा उल्लेख गरेका छन्  ।

nisarga

“अत्तरिया महोत्सवको नक्कली टिकट प्रकरणमा सत्यतथ्य छानबिन भई दोषीलाई कार्वाही नभएको हुँदा अत्तरिया उधोग बाणिज्य संघको सल्लाहकार समिति को संयोजक पद रहिरहन मेरो नैतिकता ले नदिएको हुँदा उक्त पदबाट राजीनामा दिएको जानकारी सम्पुर्ण उधोगी ब्यापारी साथीहरू मा  गराउँदछु।” उनले लेखेका छन् ।

यसअघि सल्लाहकार सह-संयोजक धना देवि चोखाल सहित सल्लाहकार सदस्यहरु नैनसिंह कार्की,धर्मसिंह कुवर,आनन्द भट्ट,राम सापकोटा,टिकारम आचार्य, र गणेश बोगटीले राजीनामा दिने घोषणा गरिसकेका छन् ।