महोत्सवमा भेटिएको नक्कली टिकट ठेली प्रकरणको छानविनको माग गर्दै हस्ताक्षर अभियान

Image

अत्तरिया – कैलालीको अत्तरियामा पुष २६ गतेदेखी माघ ७ गतेसम्म लागेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट ठेली प्रकरणको  छानविनको माग गर्दै हस्ताक्षर अभियान सुरु गरिएको छ । संघर्ष समितिले सोमबार अत्तरिया बसपार्कबाट हस्ताक्षर अभियान सुरु गरेको हो ।

निष्पक्ष छानबिनको लागी दवाव दिन हस्ताक्षर अभियान सुरु गरिएको संघर्ष समितिका संयोजक गणेश बहादुर बलायरले बताए । संघर्ष समितिले आईतवार सोही प्रकरणको छानविनको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा ज्ञापन पत्र बुझाएको थियो ।

महोत्सवको आठौं दिन २८ वटा नक्कली टिकट ठेली बरामद गरिएका थिए ।