अत्तरिया – कैलालीको अत्तरिया उद्योग वाणिज्य संघले महोत्सवमा भेटिएको नक्कली टिकटको अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालय कैलालीमा किटानी जाहेरी दर्ता गराएको छ ।
संघका अध्यक्ष कल्याण सिंह बोहराको नेतृत्वमा जिप्रका पुगेको टोलीले ११ जना पदाधिकारीको हस्ताक्षरसहित संघका सचिव दिलिप कुमार साउँद र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववीयु सभापति भुवन महरा विरुद्ध किटानी जाहेरी दर्ता गरेको हो ।
महोत्सवमा टिकट वितरकको जिम्मेवारी सचिव साउँदलाई थियो भने स्ववियु सभापति महराले टिकट बिक्रीको जिम्मा पाएका थिए।
अत्तरियामा पुष २६ गतेदेखी माघ ७ गतेसम्म अत्तरिया उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा २८ ठेली नक्कली टिकट बरामद गरिएको थियो ।