bhuwaneswari
Attariya Hospital Pvt.Ltd.

जिप्रकाबाट फर्केपछी पदाधीकारीलाई अध्यक्षको फोन,‘मलाई सेफ ल्यान्डिङ गर्न दिनुस्’

padma
milan sunchadi

अत्तरिया – कैलालीको अत्तरियामा लागेको महोत्सवमा भेटिएको नक्कली टिकट प्रकरण हिजोआज स्थानीय स्तरमा निकै चर्चामा छ । लामो रस्साकस्सीपछी अत्तरिया उद्योग वाणिज्य संघका १२ जना पदाधीकारीको हस्ताक्षरसहित मंगलबार जिल्ला प्रहरी कार्यालय(जिप्रका) कैलालीमा दुईजनाका नाममा किटानी जाहेरी दर्ता भयो ।

अब यो विषय कानुनी प्रक्रियामा गयो भन्ने धेरैलाई लागेको थियो । तर बुधबार संघका अध्यक्ष कल्याण सिंह बोहरा थप चारजना सहित छापाखाना विरुद्ध जाहेरी लगेर जिप्रका पुगे । विविध कारणले उनको जाहेरी दर्ता नभएको बताईन्छ । दिउँसो जाहेरी लगेर जिप्रका पुगेका अध्यक्ष बोहराले बेलुकी भने जस्का नाममा जाहेरी दिन पुगका थिए,उनीहरुलाई नै फोन गरेर भन्छन् “तपाई कहिँ पनि जानुहुन्न प्लीज,तपाई चुप लागी दिनुहोस्,मलाई सेफल्यान्डिङ गर्न दिनुस्,म उद्योग वाणिज्य संघ बचाउनकालागि यो सबै गरिरहेको छु,मलाई धेरै तिरबाट दवाव छ ।”

उपाध्यक्ष फागुराम चौधरी र महासचिव शंकर खड्कासंगको कुराकानीमा दोषी को हो भन्ने विषयमा आफु जानकार रहेको र तपाईहरु निदोर्ष हुनुहुन्छ भन्ने थाहा हुँदाहुँदै पनि आफु जाहेरी लगेर जान बाध्य भएको उनले भनेका छन् । कुराकानीमै उपाध्यक्ष चौधरीले अध्यक्ष,वरिष्ठ उपाध्यक्ष लगायतका व्यत्तिहरुले आफुसंग कुनैपनि छलफल नर्गर्ने गरेको भन्दै असन्तुष्टी पनि पोखेका छन् ।

Siddi ganesh

उनीहरुको कुराकानीमा अब मुद्धाकोपछी नजाने र आन्तरीक रुपमा मिलाउन खोजेको पनि बुझिन्छ । तर कार्यसमिति सदस्य बम बहादुर बोगटी भने भोली तपाईहरुले जुन खेलपनि खेल्न सक्ने र दोषीका कारण आफुहरु निर्दोषले पनि शिर झुकाएर हिँड्नु परिरहेको बताँउछन् । बोगटीलाई त अध्यक्ष बोहराले ‘तिमी,निर्दोष छौ चिन्ता नलीनु’ भन्दै म्यासेज समेत गरेका छन् ।

Nawadurga
sudur last
Leave A Reply

Your email address will not be published.