अत्तरिया – कैलालीको अत्तरिया महोत्सवमा भेटिएको नक्कली टिकट प्रकरणको छानबिनकालागि संघर्ष समितिले भोलि आँखामा कालोपट्टि बाँधेर विरोध गर्ने भएको छ ।
अत्तरिया उद्योगी व्यवसायी संघर्ष समितिका संयोजक गणेश बलायरले भोलि दिउँसो ३ बजे अत्तरिया चौराहमा आँखामा कालोपट्टी बाँधेर विरोध गर्ने जनाएका हुन् ।
अत्तरिया उद्योग वाणिज्य संघको कार्यसमितिलाई माघ २० गतेसम्म राजीनामा दिन दवाव दिईने उनले बताएका छन् ।