Attariya Hospital Pvt.Ltd.

नक्कली टिकट प्रकरणमा के गर्दैछ प्रहरी?

padma
milan sunchadi

अत्तरिया – कैलालीको अत्तरिया उद्योग वाणिज्य संघका महासचिव सहित चारजना हाल जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा छन् । अध्यक्ष र निर्वतमान अध्यक्षको नाममा पक्राउ पुर्जी जारी भएको चौथोदिन पनि प्रहरीको सम्पर्कमा आएका छैनन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीले शुक्रबार संघका अध्यक्ष कल्याण सिंह बोहरा र निर्वतमान अध्यक्ष अशोकराज देवकोटाको नाममा कैलाली जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको जनाएको थियो ।

तर आज (सोमबार) बेलुकीसम्म पनि उनीहरु दुवैजना सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले बताएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरक्षक देवेन्द्र बहादुर पालका अनुसार हाल कागजात संकलन गर्ने तथा परिक्षण गर्ने काम भईरहेको छ ।

Siddi ganesh

“कुनैपनि घटना कानुनी प्रक्रियामा गईसकेपछी सबै प्रक्रियाहरु पुरा गर्नैपर्ने हुन्छ,उनले भने सोहि बमोजिम कागजातहरु झिकाउने र परिक्षण गर्ने काम भईरहेको छ,जोडीएका सबै व्यत्तिहरुलाई पनि खोज्दै छौँ ।”

अत्तरियामा पुष २६ गतेदेखी माघ ७ गतेसम्म अत्तरिया उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा २८ ठेली नक्कली टिकट बरामद गरिएको थियो ।

Nawadurga
Loading...