बैतडी – बैतडीबाट चोरी मुद्दामा फरार रहेकी महिला पक्राउ परेका छन्।
बैतडीको डिलासैनी गाउँपालिका ५ बस्ने २२ वर्षीया लक्ष्मी नाथ योगी मंगलवार पक्राउ परेकी हुन्।
जिल्ला अदालत बैतडीको फैसलाले ४ महिना ८ दिन कैद सजाय र १० हजार जरिवना ठहर भएपछि लक्ष्मी फरार रहेकी थिईन्। लक्ष्मीलाई जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो सोही स्थानबाट पक्राउ गरेको हो।