अछाममा लागूऔषधसहित दुई युवक पक्राउ

Image
maya metro

अछाम – अछाममा लागूऔषधसहित दुई युवक पक्राउ परेका छन् ।

मंगलसेन नगरपालिका-५ स्थित बजारबाट प्रिगाबालिन लेखेको लागूऔषध ५ थानसहित सोही ठाउँ बस्ने २२ वर्षीय अरुण टेलर र मंगलसेन नगरपालिका-४ बस्ने २० वर्षीय जिवन भुललाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

nisarga

जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट उक्त लागू औषध फेला पारी दुबैलाई पक्राउ गरेको हो। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय अछामले थप अनुसन्धान गरिरहेको छ।