बैतडी – बैतडीमा एक जनप्रतिनिधिकै घरबाट सुटकेस फुटाएर सुन चोरी भएको छ ।
सुर्नया गाउँपालिका–४ का वडा सदस्य लिला महराको घरबाट सुटकेस फुटाएर सुनको गहना चोरी भएको हो । बिहिबार दिउँसो घरमा कोही नभएको समयमा सुन चोरी भएको वडासदस्य महराले बताएकी छन् ।
घरभित्रको सुटकेसलाई फुटाएर आधा तोला बराबरको रानी हार चोरी भएको उनले बताइन् । सुन चोरी भएपछि प्रहरीलाई खबर गरेको उनले बताए। रौलेश्वर प्रहरी चौकीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।