Attariya Hospital Pvt.Ltd.

अछाममा जिप दुर्घटना हुँदा १५ जना घाईते

padma
milan sunchadi

अछाम – अछामकोे चौरपाटी गाउँपालिका वडा नं.५ लुंग्रा स्थित आमरुख नजिक जिप दुर्घटनामा १५ जना घाईते भएका छन् ।

से १ ज ४२९ नम्वरको जीप आज विहान साढे ८ वजे दुर्घटना भएको प्रहरी निरिक्षक राजेन्द्र साउदले बताएका छन् ।

बर्ष ५१ का चालक तेज बहादुर रावलले चलाएको गाडी दुर्घटना भएको प्रहरी निरिक्षक साउदले जानकारी दिए । दुर्घटनामा चालक पनि घाइते भएका छन् । दुर्घट्ना घाईते सवैलाई उपचारको लागि वयलपाटा अस्पताल लगिएको उनले बताए। लुग्राबाट साँफेबगर आउने क्रममा जिप दुर्घटनामा परेको हो ।

Siddi ganesh

जिप एक सय ५० मिटर तल खसेको उनले बताए । घट्नाको थप विवरण आउने वाँकी रहेको प्रहरी निरिक्षक साउदले बताए ।

Nawadurga
Leave A Reply

Your email address will not be published.