अत्तरिया – अत्तरिया महोत्सवमा भेटिएको नक्कली टिकट प्रकरणको सत्यतथ्य सार्वजनिक गरि दोषीमाथी कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) सुदूरपश्चिमले माग गरेको छ ।
रास्वपाले सत्यतथ्य सार्वजनिक गरि दोषिलाई कारबाही गर्न माग गर्दै आज कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई ४ बुँदे ज्ञापन पत्र बुझाएको हो ।
हालसम्म सम्पर्कमा नआएका वर्तमान र निवर्तमान अध्यक्षलाई यथाशिघ्र कानुनी दायरमा ल्याउन पनि ज्ञापन पत्रमा माग गरिएको छ ।