अत्तरिया – कैलालीको अत्तरियामा लागेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भेटिएको नक्कली टिकट प्रकरणको अनुसन्धान जारी रहेको केलाली प्रहरीले जनाएको छ ।
अनुसन्धान अन्तरगत ल्याब टेस्टको रिपोर्ट आज आउने बताईएको छ । “ल्याब टेस्टको रिपोर्ट हिजै आउनु पर्ने हो,आएन तर आज चाँहि आउँछ भन्ने छ” जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले सुदूर टाईम्ससंग भने ।
दुईजना अध्यक्षहरु भने सम्पर्कमा नआएको र उनीहरुको खोजीकार्य जारी रहेको विष्टले बताएका छन् । अत्तरिया उद्योग वाणिज्य संघले पुष २६ गतेदेखी माघ ७ गतेसम्म सञ्चालन गरेको महोत्सवमा २८ ठेली नक्कली टिकट फेला परेको थियो ।