Attariya Hospital Pvt.Ltd.

त्रिशूली नदीमा खस्दा पाँचजनाको मृत्यु, ३७ जनाको उद्धार

padma
milan sunchadi

काठमाडौं – कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा पाँचजनाको मृत्यु भएको छ। ३७ जनाको उद्धार गरिएको छ।

लु २ ख २१२१ नम्बरको बस बिहान ४ बजेतिर गजुरी गाउँपालिका-५ घाटबेसीस्थित पृथ्वी लोकमार्गबाट त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

मृतक पाँचैजनाको पहिचान खुलेको छैन। उद्धार गरिएका ३७ नै जनालाई उपचारका लागि गजुरी सामुदायिक अस्पताल लगिएको प्रहरीले जनाएको छ।

Siddi ganesh

बसमा अनुमानित ५० जना रहेको एसपी केसीले जानकारी दिए। बसका चालक घाइते छन्। गजुरी सामुदायिक अस्पतालमा उनको उपचार भइरहेको छ।

दुर्घटनाको खबर पाएसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोलीले यात्रुको उद्धार र शव निकाल्ने काम गरेका थिए।

Nawadurga
Leave A Reply

Your email address will not be published.