धनगढीमा प्रमाणमा आधारित पत्रकारिता प्रवर्द्धनका लागि सुचनाको हक सम्बन्धि अन्तरक्रिया सम्पन्न

Image
maya metro

धनगढी – प्रमाणमा आधारित पत्रकारिता प्रवर्द्धन, सञ्चार क्षेत्रको विकास तथा सामाजिक परिवर्तनका लागि सूचनाको हकको प्रभावकारी उपयोगबारे धनगढीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सिंहदरबार काठमाडौंको सहयोग तथा एफएमडिसी, विकास र सामाजिक परिवर्तनका लागि सञ्चार संस्थाको आयोजनामा धनगढीमा कार्यक्रम सम्पन्न भएको थियो ।

nisarga

कार्यक्रममा एफएमडिसीका संस्थापक तथा सूचनाको हकका लागि राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष उमीदप्रसाद बागचन्दले सूचनाको हकसम्बन्धी विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो। त्यसै त्रिभुवन विश्वविद्यालयका पत्रकारिता तथा आमसञ्चार विभागका पूर्व केन्द्रीय विभाग प्रमुख प्राध्यापक चिरञ्जीवी खनालले प्रमाणमा आधारित र सैद्धान्तीक पत्रकारिताको बारेमा छलफल गर्नुभएको थियो।

अन्तरक्रियामा सूचनाको हकसम्बन्धी कानुनी व्यवस्था, यसको ऐतिहासिक पृष्ठभूमि तथा लोकतान्त्रिक शासन व्यवस्थामा यसको महत्वबारे विस्तृत छलफल गरिएको थियो। वक्ताहरूले सार्वजनिक निकायबाट आफ्नो वा सार्वजनिक महत्वका सूचना माग्न तथा प्राप्त गर्न पाउने अधिकार नै सूचनाको हक भएको स्पष्ट पारे।
कार्यक्रममा नेपालको संविधानको धारा २७ अन्तर्गत सुनिश्चित गरिएको सूचनाको हक, राष्ट्रिय सूचना आयोग, केन्द्रीय समन्वय इकाई, प्रदेश अनुगमन इकाई, सूचना प्राप्त गर्ने प्रक्रिया, शुल्क व्यवस्था तथा सार्वजनिक निकायले नियमित रूपमा सूचना प्रकाशन गर्नुपर्ने व्यवस्थाबारे जानकारी गरेका थियो।

छलफलका क्रममा व्यक्तिगत सूचना र सार्वजनिक महत्वका सूचना गरी सूचनाका दुई प्रकारबारे पनि चर्चा गरिएको थियो। वक्ताहरूले नागरिकलाई सुसूचित बनाउने, राज्यका कामकारबाहीमा पारदर्शिता कायम गर्ने तथा सुशासन प्रवर्द्धन गर्न सूचनाको हकको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिएका थिए। कार्यक्रममा सञ्चारकर्मी, विभिन्न सरोकारवाला निकायका प्रतिनिधि तथा अन्य क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।