गोदावरीमा भ्यानको ठक्करबाट तीन जना घाइते

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरीमा भ्यानको ठक्करबाट तीन जना घाइते भएका छन् ।

मंगलबार दिउँसो पुर्व–पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा २१च २४२२ नम्बरको भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालक कञ्चनपुर बेल्डाडी न.पा. १ बस्ने २० वर्षीय लोकेन्द्र साँउद, पछाडी सवार सोही ठाउँका २३ वर्षीय बिनोद बडुवाल र कृष्णपुर नगरपालिका ५ बस्ने २५ वर्षीय होमिन डगौरा रहेक थिए ।

nisarga

ओभरटेक गर्नेक्रममा भ्यानले साउँदले चलाएको सु.प.प्र.०१–०१३ प.८१९८ र डगौराले चलाएको से. ६ प.६०८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

घाइते तीनै जनालाई उपचारका लागि अत्तरिया अस्पताल लगिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । चालक र भ्यान नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।