नायल तालको पर्यटन प्रर्वद्धनकालागि स्थानीयसंग अन्तरक्रिया

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १२ मा पर्ने नायल तालको पर्यटन प्रर्वद्धनकालागि स्थानीयसंग अन्तरक्रिया गरिएको छ ।

फोटो पत्रकार महासंघ जिल्ला कार्यसमिति कैलालीको आयोजना तथा वडा नम्बर १२ को समन्वयमा ताल क्षेत्रमै अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा उत्त वडाका वडा अध्यक्ष भिम बहादुर खड्का,फोटो पत्रकार महासंघ जिल्ला कार्यसमितिका पदाधीकारी,प्रदेश तथा केन्द्रिय प्रतिनिधी,सुदूरपश्चिम प्रदेश पत्रकार महासंघका प्रतिनिधि सहित स्थानीयको उपस्थीती रहेको थियोे ।

कैलालीको अत्तरिया बजारबाट करिब ३० किलोकिटरको दुरीमा रहेको नायल ताल पर्यटन प्रर्वद्धनकासाथै पुर्वाधारको उचित व्यवस्था नहुदा ओझेलमा परेको स्थानीयले गुनासो गरेका छन् ।